प्रदेश अस्पताल सुर्खेतको निर्देशक पदमा डा. केशरबहादुर ढकाल नियुक्त
सुर्खेत, २ मंसिर । प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डा. केशरबहादुर ढकाल नियुक्त भएका छन् ।
कर्णाली प्रदेश सरकारको शनिबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सोही अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत डा. ढकाललाई अस्पताल निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि त्यहाँका निर्देशक डा. डम्बर खड्का थिए । उनी कात्तिकको दोस्रो साता देखि अनिवार्य अवकाशमा निस्किएपछि अस्पतालको निर्देशक पद खाली थियो ।
नव नियुक्त निर्देशक डा. ढकाल एघारौँ तहका चिकित्सक हुन् । उनी नेपाल चिकित्सक संघका कर्णाली प्रदेश संयोजक समेत हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]