स्वास्थ्य तथा शैक्षिक संस्था तर्फ सबैभन्दा बढी कर तिर्नेमा लुम्बिनी मेडिकल कलेज
काठमाडौँ, १ मंसिर । पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज स्वास्थ्य तथा शैक्षिक संस्थाहरु तर्फ सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/०८० को कर विवरण अनुसार उक्त मेडिकल कलेज सम्मानित भएको हो ।
कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागकाले शनिबार आयोजित विशेष कार्यक्रममा उपप्रधान एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेका थिए ।
विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।
विभाकका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बिमातर्फ नविल बैंक, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट धेरै कर तिर्नेमा परेका छन्।
वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com