डा. सरोज शर्मा बने स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक

काठमाडौँ, ३० कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै डा शर्मालाई महाशाखा प्रमुखसहित बीमा बोर्डको निमित्त निर्देशकको थप जिम्मेवारी दिएका हुन्।

उनलाई मन्त्रिपरिषदले कार्यकारी निर्देशक नियुक्त नगरेसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको थप जिम्मेवारी दिइएको हो।

बीमा बोर्डका कार्यकारी निर्देशक रहेका डा दामोदर बसौलाको गत २५ कात्तिकमा पदावधी सकिएपछि बोर्ड कार्यकारी प्रमुख विहीन थियो । त्यसो त दुई महिना अघि देखि बोर्डमा अध्यक्ष समेत खाली भएको छ । बोर्डका अध्यक्ष रहेका डा गुणराज लोहनीले गत भदौको अन्तिम साता राजिनामा दिएपछि अध्यक्ष विहीन भएको हो ।

देशव्यापी रुपमा विस्तार भैसकेको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय प्रभावकारी भने देखिएको छैन ।

नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *