झापामा रगत अभाव

झापा, ३० कात्तिक । अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

जिल्लाका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट रगत खपत हुने गरेको छ । हाल रक्तसञ्चार केन्द्र विर्तामोड, बिएण्डसी र भद्रपुरमा गरी ६६ यूनिट मात्र रगत मौज्दात रहेको रेडक्रसका रक्तसञ्चार प्रमुख शिशिर दाहालले बताए ।

उनका अनुसार क्यान्सर, एनिमिया, थालासेमियालगायतका बिरामीलाई हप्तैपिच्छे रगत लगाउनुपर्ने हुँदा पनि जिल्लामा रगत धेरै खपत हुने गरेको छ । उहाँले साउन, भदौ र असोजमा चार हजार दुई सय ८५ युनिट रगत खपत भएको जानकारी दिए ।

‘चाडपर्वका कारण कुनै सङ्घ संस्थाले रक्तदान कार्यक्रम गर्न सकेका छैनन्’, उनले भने, ‘अब रक्तसञ्चार केन्द्रमा एक दिनलाई मात्र पुग्ने रगत छ ।’
उनले विगतमा जस्तो रक्तदान गर्ने युवासमेत घटेको बताए ।

जिल्लामा सबैभन्दा बढी ‘ओ’ पोजेटिभ रगत खपत हुने गरेको छ । गत आर्थिक वर्ष २०८०र८१ मा रेडक्रसले सञ्चालन गरेका तीन रक्तसञ्चार केन्द्रबाट १५ हजार पाँच सय ७६ यूनिट रगत बिरामीलाई उपलब्ध गराइएको थियो । सो अवधिमा तीन हजार युनिट सेतो रगतसमेत खपत भएको छ ।

एक वर्षमा एक सय ३७ वटा रक्तदान कार्यक्रममार्फत पाँच हजार ५८ स्वयंसेवी रक्तदाताले रगत दान गरेका थिए ।

सो अवधिमा आठ हजार ५२ रक्तदाताले विर्तामोडको पञ्चकन्या, विएण्डसी र भद्रपुर रक्तसञ्चार केन्द्रमा आएर रगत सो रगत दान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *