सन् १९९० यता विश्वभर मधुमेह भएका बयस्कहरुको संख्या ८० करोड नाघ्यो
काठमाडौँ, २९ कात्तिक । आज १४ नोभेम्बर अर्थात विश्व मधुमेह दिवस । यहि अवसर पारेर द ल्यानसेटले मधुमेहका बिरामीको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । यो तथ्यांकले सन् १०९० यता विश्वभर मधुमेह भएका वयस्कहरुको संख्या ८० करोड नाघेको बताएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा एनसीडी रिस्क फ्याक्टर कोलाब्रेसनद्धारा गरिएको यो विश्लेषणमा मधुमेहको बढ्दो महामारी र फराकिलो हुँदै गएको उपचारको अवस्थालाई सम्वोधन गर्न तत्काल बलियो विश्वव्यापी अभियान आवश्यक रहेको बताएको छ । अझ् यस्तो समस्या कम तथा मध्यम आय भएका मुलुकहरुमा रहेको समेत उसले उल्लेख गरेको छ ।
डब्लुएचओका महानिर्देशक डा, टेड्रोस अधोनभ गेब्रेयससले विगत तीन दशकमा विश्वभर नै मधुमेहको डरलाग्दो बृद्धि देखेको भन्दै मोटोपनमा भएको बृद्धिले त्यसको प्रतिवम्वित गर्ने बताए । उनले अस्वस्थ खानाको बजारीकरण, शारीरिक गतिविधिको कमी र आर्थिक समस्या मुल कारण हुने समेत उल्लेख गरे ।
उनले विश्वव्यापी रुपमा फैलिएको मधुमेहको महामारीलाई नियन्त्रणमा ल्याउन देशहरुले तत्काल कदम चाल्नुपर्ने भन्दै स्वस्थ खानपान र शारीरिक गतिविधि बढाउने नीति अघि सार्नुपर्ने बताए ।
अध्ययनले सन् १९९० र २०२२ को बीचमा बयस्कहरुमा मधुमेहको विश्वव्यापी प्रक्रोप ७ बाट १४ प्रतिशतसम्म बढेको देखाएको छ । प्रतिवेदनले मधुमेह भएका बयस्कको संख्या बढी रहँदा उपचारको पहुँच भने निरन्तर न्युन रहेको उल्लेख गरेको छ । जसका कारण विश्व व्यापी असमानताहरु निम्त्याएको समेत बताइएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘सन् २०२२ मा ३० वर्ष र त्यसभन्दा माथिका लगभग ४५ करोड अर्थात कुल मधुमेहीको ५९ प्रतिशत संख्या उपचार नगरी बस्न बाध्य भए ।’
सन् १९९० देखि उपचार नगरिएका मधुमेह संक्रमितको संख्या ३.५ गुणा बृद्धि भएको छ र त्यसमा ९० प्रतिशत हिस्सा कम तथा मध्यम आय भएका मुलुकका नागरिक हुन् ।
सम्पर्क इमेल : [email protected]