जनै खटिरा के कारणले आउँछ ? निदान तथा उपचार कसरी गर्ने ?

जनै खटिरा अर्थात हर्पिस जोस्टर एक प्रकारको भाइरल सड़क्रमण हो, जुन एउटा पीडादायी रोगको रुपमा चिनिन्छ ।

ठेउला निम्त्याउने भेरिसेला जोस्टर भाइरसले यदि कसैलाई पहिले नै ठेउला भइसकेको भएपनि कहिले काँही उनीहरुको शरीरमा सो भाइरस पुनः सक्रिय हुँदा जनै खटिरा देखा पर्ने हो ।  चिकनपोक्स अर्थात ठेउला गराउने भेरिसेला जोस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ।

यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने गरेको पाइन्छ। जब हाम्रो शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ त्यसबेला यो भाईरसले आफ्नो प्रभाव जमाउँछ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा केही वर्ष गरिएको एक अध्ययनमा ठेउला संक्रमण दर ०.५५ प्रतिशत भएको पाइएको थियो ।

तर. संयुक्त राज्य अमेरिकामा भने प्रत्येक तीन जना मध्ये लगभग एक जनालाई आफ्नो जीवनकालको कुनै न कुनै समयमा ठेउला हुने गरेको अध्ययनले पुष्टि गरेको छ ।

कस्ता व्यक्तिलाई जोखिम बढी ?

१.  बढ्दो उमेर तथा पचास वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा ।

२.  चिकित्सा अवस्थाहरू जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई राम्रोसँग काम गर्नबाट रोक्दछ  ।  जस्तै, केही क्यान्सरहरू : ल्युकेमिया, लिम्फोमा,  एचआईभी संक्रमण ।

३. औषधिहरू जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई राम्रोसँग काम गर्नबाट रोक्दछ ।   जस्तै : स्टेरोइडहरू र अङ्ग प्रत्यारोपण पछि दिइएका औषधिहरू ।

लक्षणहरु:

१. रातो, पीडादायी डाबर बिमिरा र दाना जुन एक वा दुई छेउछाउका डर्माटोमहरूमा फोका गुच्छाहरूमा देखा पर्दछ। खटिरा सामान्यतया पिठ्यूँ, अनुहार, घाँटी वा पछाडि देखा पर्दछ, र प्रायः शरीरको एक छेउमा पट्टी बनाउँछ। बिमिरा र फोकाहरु सुक्छ र ७ देखि १० दिनमा पाप्रा हुन्छ । सामान्य त दुई देखि चार हप्ता भित्र निको हुन्छ ।

२. टाउको दुख्ने, चिसो हुने, पेट दुख्ने, ज्वरो, अस्वस्थता, पोल्ने, चिलाउने, झम्झमाउने जस्ता लक्षणहरु हुन्छ ।

निदान :

जनै खटिरा आउन सुरु भएको ७२ घन्टा भित्र पत्ता लगाइ औषधि सेवन सुरु गर्नु राम्रो मानिन्छ । यस्तो लक्षणहरु देखिएमा न्यूरोलोजिस्ट र छाला रोग विशेषज्ञ अथवा जनरल प्रयाक्टिसनरलाई भेटेर परामर्श लिनु राम्रो मानिन्छ ।

जनै खटिरा आइ हालेपछि के उपचार गर्ने ?

१.  एन्टिभाइरल (एसाइक्लोभिर/भ्यालासिक्लोभिर) खाने तथा मलम प्रयोग गर्न सकिन्छ ।

२. दुखाई कम गर्ने औषधिहरु (आइबुप्रोफेन, पृगाबालिन, गाबापेन्टइन, कार्बामाजेपाइन)  जस्ता औषधिहरु लिन सकिन्छ ।

३. घाउ तथा बिमिरा सङ्क्रमण भएको छ भने (एन्टिबायोटिक) र घाउलाई सफा राख्ने र सरसफाइमा ध्यान दिने ।

४.  चिलाएको अवस्थामा सफा नरम कपडाले बिस्तारै पुछ्ने र एन्टी एलर्जी चलाउन सकिन्छ ।

(यी औषधिहरु डाक्टरले घाउँ जाँच गरिसकेपछि मात्रै सिफारिस गर्ने हुन् ।)

जटिलताहरु :

  •  पोस्टहर्पिक न्यूराल्जिया (लामो समयसम्म दुखाइ रहिरहने)
  •  बेलैमा जनैखटिराको उचित उपचार गरिएन भने यस रोगबाट प्रभावित व्यक्तिको झम्झमाउने पोल्ने दुख्ने समस्या रहीरहन सक्ने ।
  •  आँखा र कान तिर घाउ छ र सुन्निएको छ भने पनि जटिलता हुनसक्छ ।

रोकथाम कसरी गर्ने ?

जनै खटिरालाई सिङलेस पनि भनिन्छ । यसलाई हुन नदिनका लागि सबैभन्दा उत्तम तरिका खोप लिनु हो ।

१. ५० वा सो भन्दा माथि उमेरका व्यक्तिहरू:  रिकम्बिनेन्ट जोस्टर खोपको दुई डोज (RZV Shingrix) लिन सक्छन् ।

२. कमजोर प्रतिरक्षा प्रणाली भएका १९ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू : रिकम्बिनेन्ट जोस्टर खोपको दुई डोज लिन सक्छन् ।

३. ६० वर्ष वा सो भन्दा माथिका व्यक्तिहरू: जोस्टर खोपको एक डोज लिन सक्छन् ।

नोट :
१. जनैखटिरा आएपछि कसैलाई दुई/तीन हप्तामै आफै ठीक हुन्छ भने कतिपय दीर्घरोगबाट पीडित व्यक्तिलाई एक/दुई वर्षसम्म पनि यसले दुःख दिइरहन सक्छ ।

२. जनैखटिरा अधिकांश व्यक्तिहरूको जीवनमा यो एक पटक मात्र हुन्छ। यद्यपि, थोरैलाई एकभन्दा बढी पटक पनि हुन सक्छ ।

#कन्सलटेन्ट न्युरोलोजिष्ट डा. भट्टराई नेशनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौँमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *