स्वास्थ्य मन्त्रालयद्धारा दशौँ र एघारौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर

आयुर्वेदका महानिर्देशक डा प्रदीप केसीलाई सिंहदरबार वैद्यखानामा

काठमाडौँ, २५ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत शुक्रबार केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य समूहका दशौँ र एघारौँ तहका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्रालय कर्मचारी प्रशासन स्रोतका अनुसार केही समय अघि स्वास्थ्य सेवा विभागबाट शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा भएका डा अनुप बास्तोला मन्त्रालय ल्याइएका छन्।

यस्तै स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा रहेका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीको मन्त्रालयको समन्वय महाशाखामा सरुवा भएको छ । सूचना केन्द्रमा डा केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई पठाइएको छ ।

गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी पनि हेरफेर भएको छ। त्यहाँ कार्यरत डा विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ। उनको ठाउँमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको छ।

आयुर्वेदका महानिर्देशक डा प्रदीप केसीलाई सिंहदरबार वैद्यखानामा

यता आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व समेत सम्हालिरहेका सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसीलाई वैद्यखानामै केन्द्रीत हुने गरी जिम्मेवारी तोकिएको छ । सो विभागको नेतृत्वमा अहिले कसैलाई पठाइएको छैन । डा केसीले भने वैद्यखानामा एघारौँ तहको दरवन्दी भई नसकेको बताउँदै आएका छन् । यसअघि उनलाई विभागमा महानिर्देशक बनाई थप जिम्मेवारीको रुपमा वैद्यखानाको कार्यकारी भूमिकामा पठाइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *