आठ वर्ष पछि दीक्षान्त समारोह गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरान, २५ कात्तिक । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोह आठ वर्ष पछि सोमबार हुने भएको छ । सन् २०१६ मा १२औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले सोमबार १३औं दीक्षान्त गर्न लागेको हो ।
सो समारोहमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन् । उनले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरु दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ ।
दीक्षान्तमा सन् २०१० देखि २०१७ ब्याचका एमबीबीएस, बीडिएस, एमडी, एमएस, एमडीएस, डीएम, एमसीएच, बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्म एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधी विद्यार्थीहरुलाई दीक्षित गरिने भएको हो ।
सोही अवसरमा प्रतिष्ठानले प्रदान गदैं आएको मेडलहरु पनि वितरण गरिने भएको छ । प्रतिष्ठानबाट हालसम्म एमबीबीएसमा २४ ब्याच र बीडिएसमा १८ व्याचका विद्यार्थीले शिक्षा हासिल गरेर निस्किएका छन् ।
प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थी देश विदेशका विभिन्न अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]