स्वास्थ्य पत्रकार आचार्य र खड्कालाई ग्लोबल एएमआर मिडिया अवार्ड
काठमाडौँ, २३ कात्तिक । नेपालका स्वास्थ्य पत्रकारद्धय कल्पना आचार्य र धनवहादुर खड्काले ग्लोबल एएमआर मिडिया अवार्ड प्राप्त गरेका छन् । एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एमएमआर) का विषयमा उत्कृष्ठ रिपोर्टिङ गरे वापत आचार्य र खड्काले सो अवार्ड प्राप्त गरेका हुन् । आचार्य हेल्थ टिभी अनलाइन र खड्का स्वास्थ्य खबर पत्रिका तथा नेपाल लाइभ टुडेसंग आवद्ध छन् ।
बिहीबार ग्लोबल एएमआर मिडिया अलायन्सले आयोजना गरेको चौंथो ग्लोबल मिडिया फोरममा अवार्ड विजेताको नाम सार्वजनिक गरिएको थियो ।
पुरस्कृत आचार्यले एएमआरका विषयमा भएको युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइलेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङ आधारमा उक्त अवार्ड प्राप्त गरेकी हुन्। उक्त मिटिङ गत सेप्टेम्बरमा सम्पन्न भएको थियो।
खड्काले भने साउथ इस्ट एशिया रिजनबाट अवार्ड प्राप्त गरेका हुन् । उनले ‘अलार्मिङ एमएमआर : २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट’ शीर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित ‘प्रभावहिन बन्दै एन्टिबायोटिक’ लेखेका थिए । सोही समाचारमा उनी यस क्षेत्रबाट पुरस्कृत भएका हुन् ।
विश्वका ३० देशका मिडियाकर्मी र संस्थाहरुको संगठन ‘ग्लोबल एएमआर मिडिया अलाइन्स’ले पुरस्कार प्रदान गर्ने गरेको छ।
विश्व स्वास्थ्य संगठन ६ वटा क्षेत्र छुट्याएर पुरस्कारका लागि प्रकाशित समाचार माग गरिएको थियो। प्रतिष्पर्धीमध्ये तीन उत्कृष्ट समाचारलाई छनोट गरिएको हो। त्यसैगरी अर्को युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइ-लेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङको रहेको थियो।
छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित २२ जनाको जुरी कमिटी बनाइएको थियो। विश्वका ४३ देशबाट ४१३ वटा आवेदनबाट पुरस्कृतहरु छानिएका हुन्।
सम्पर्क इमेल : [email protected]