डोटीको एक अस्पतालमा उपचार गर्न लगिएकी बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरी नियन्त्रणमा

डोटी, २२ कात्तिक । उपचारका क्रममा एक बालिकाको मृत्यु भएपछि डोटीको राजपुरस्थित सुजङ अस्पतालमा कार्यरत तीन जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पौडी खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएपछि उनको उपचारमा सम्लग्न तीन जना डाक्टर प्रहरीको नियन्त्रणमा परेका हुन् ।

प्रहरी नियन्त्रणमा पर्ने चिकित्सकहरुमा डा. राजमणि यादव, डा. सुरेन्द्र कुमार चौधरी र डा. अभिषेक यादव रहेका छन् ।

घटना बुधबारको हो ।

उपचारका लागि ल्याइएकी बालिकालाई बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको थियो । तर बालिका त्यसपछि होसमा आइनन् । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

बालिकाका परिवार तथा आफन्तहरुले चिकित्सकको लापरवाहीले बालिकाको मृत्यु भएको आरोप लगाउँदै तोडफोडमा उत्रिएका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार बालिकाको शव हाल अस्पतालमै छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *