देशभर २७ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि

काठमाडौँ, ११ कात्तिक । देशभर २७ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार चार दिनमा पाँच हजार नयाँ डेंगी सङ्क्रमित थपिएका छन् ।

मङ्गलबार २२ हजार ८२ जनामा डेंगी पुष्टि भएकोमा शुक्रबारसम्म पाँच हजार थपिएर डेंगी सङ्क्रमितको २७ हजार १५३ पुगेको छ ।

जसमध्ये कास्की र काठमाडौँमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ ।

कास्कीमा सात हजार ८०, काठमाडौँमा चार हजार ६० तनहुँमा दुई हजार १९९, पर्वतमा एक हजार ६६३, चितवनमा एक हजार ५७, बागलुङमा ९५१, गोरखामा ७९९, भक्तपुरमा ६२८, कैलालीमा ४२४ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।

हुम्लाबाहेक ७६ जिल्लामा डेंगी सङ्क्रमण पुष्टि हुनुका साथै ११ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ ।

डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।

यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *