डा. पदमराज पन्त नेसोगको नयाँ अध्यक्ष, प्रेसिडेन्ट इलेक्ट पदमा डा. राना निर्वाचित

 

काठमाडौँ, १० कात्तिक । नेपाल स्त्री तथा प्रसूति विशेषज्ञ समाज (नेसोग)मा नयाँ कार्य समिति आएको छ । शुक्रबार विहान ७ बजे देखि अपरान्ह ५ बजेसम्म जारी अनलाइन मतदानबाट २०८१ – २०८३ कार्यकालाका लागि प्रेसिडेन्ट इलेक्ट सहित नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नेसोगको नयाँ कार्यसमितिमा डा पदमराज पन्त आएका छन् । उनी पूर्व निर्वाचित हुन् । नेसोगमा बरिष्ठ उपाध्यक्ष पदलाई प्रेसिडेन्ट इलेक्ट रुपमा राखिएको छ । यो पदमा अहिले निर्वाचित हुने व्यक्तिले दुई वर्ष पछि स्वत अध्यक्ष हुन पाउँछ । डा. पन्त दुई वर्ष अघिका प्रेसिडेन्ट इलेक्ट हुन् ।

शुक्रबार सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्ष (प्रेसिडेन्ट इलेक्ट)को रुपमा डा. धनबहादुर राना मगर निर्वाचित भएका छन् ।

सोही पदमा डा रानासंग डा. संगिता कौशल मिश्रा र डा. जागेश्वर गौतम प्रतिस्पर्धामा थिए ।

डा. रानाले अब दुई वर्ष अध्यक्ष पन्तसंग सहकार्य गर्नेछन् भने दुई वर्ष पछि आउने नयाँ कार्यसमितिको स्वत नेतृत्व गर्नेछन् ।

निर्वाचनमा डा. सपना (अमात्य) वैद्य उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन् ।

यस्तै महासचिव पदमा डा. सन्देश पौडेल, सहमहासचिव पदमा डा. अस्मिता घिमिरे, सामाजिक सांस्किृतिक बैज्ञानिक सचिवमा डा. आस्था श्रेष्ठ, सामाजिक सांस्कृतिक वैज्ञानिक सहसचिवमा डा. श्रेषशी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै नेसोगको कोषाध्यक्ष पदमा डा. अतित पौडेल र सह कोषाध्यक्ष पदमा डा. श्रीप्रसाद अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।

छ जना केन्द्रीय सदस्य पदमा आठ जनाको उम्मेद्धारी परेको थियो ।

त्यसमा डा. स्निग्धा राई, डा. अञ्जना अधिकारी, डा. तृप्ति श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी डा. मनिषा यादव, डा. सुरेश कायस्थ र डा. निलम सुवेदी पनि सदस्य पदमा निर्वाचित भएका छन् ।

यसअघि नेसोगको अध्यक्ष पदमा डा. सरोजा पाण्डे थिईन् । नव निर्वाचित कार्यसमितिले भने जिम्मेवारी प्राप्त गर्न अझै केही महिना कुर्नुपर्ने छ । आगामी अप्रिलमा हुने नेसोग सम्मेलनका क्रममा मात्रै जिम्मेवारी हस्तान्तरण हुने व्यवस्था छ ।

प्रेसिडेन्ट इलेक्ट डा. रानाका अनुसार नेसोगमा ७७४ जना दर्ता भए पनि ५०४ जनाले शुक्रबार अनलाइन भोट हालेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *