डेंगी नियन्त्रणका लागि आज विहान १० बजे १० मिनेट सरसफाइ अभियान थाल्दै सरकार

काठमाडौं ९ कात्तिक । देशका केही जिल्लामा डेंगी रोगको प्रकोप बढीरहेकाले यसलाई गम्भीर बन्न नदिन सरकारले आज बिहान १० बजे देशव्यापी रुपमा लामखुट्टे खोजी र नष्ट अभियान थाल्दैछ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डेंगीबाट बच्नको लागि सबै मन्त्रालयसहित सरकारी कार्यालय, सार्वजनिक स्थल तथा आफ्नो घर वरपर बिहान १० बजे सरसफाइ गर्ने निर्णय गरेको हो।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको आग्रहमा बढ्दो डेंगी नियन्त्रणका लागि सरसफाइ गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

उनले भने,‘स्वास्थ्य मन्त्रालयको आग्रहमा शुक्रबार १० बजेभित्र आ–आफ्नो मन्त्रालयसहित सबै सरकारी कार्यालयमा सरसफाइ गर्ने निर्णय भएको छ। डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान चलाउने निर्णय भएको हो।’

मन्त्रिपरिषद्को निर्णय पछि प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री प्रदीप पौडेलले छुट्टा छुट्टै भिडियो सन्देश जारी गर्दै सरसफाईमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार नेपालमा यसपटक २२ हजार ८२ जनामा डेंगी संक्रमण देखिएको छ ।

इडीसीडीले डेंगीकै कारण ११ जनाको मृत्यु भएको र संक्रमण ७६ जिल्लामा देखिएको उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *