सरकारको १०० दिने उपलब्धिमा स्वास्थ्यका विषय के-के परे ?

काठमाडौँ, ७ कात्तिक । त्यसो त स्वास्थ्य वर्तमान सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेल मन्त्री बनेको आज ९९ दिन पुगेको छ ।  १०० दिन पुगेपछि मन्त्री पौडेलले कुनै दिन तोकेर छुट्टै आफ्ना उपलव्धी सुनाउने तयारीमा छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूले पछिल्लो पटक सरकारको नेतृत्व गरेको १०० दिन पुगेको अवसरमा आजै आफ्ना उपलव्धी सार्वजनिक गरे ।

सरकारका प्राथमिकताका सबै विषयलाई समेटने क्रममा ओलीले स्वास्थ्यका विषय तीनवटा विषयमा टुङ्ग्याए । अभाव र गरिवीको जीवन बाँचिरहेका नागरिकहरुको सेवा हाम्रो तेस्रो प्राथमिकता थियो भन्दै ओलीले केही दिन अघि मात्रै विपन्नका लागि निशुल्क घोषणा गरिएको जलन उपचार सेवा, क्यान्सर उपचार सेवालाई सातै प्रदेशमा विस्तार गरिएको कुरा र संघीय अस्पतालमा दुई सिफ्टमा ओपिडी र टोकन सिस्टम लागू भएको कुरालाई आफ्नो उपलव्धीमा समेटेका छन् ।

उनले सार्वजनिक गरेको १०० दिने उपलव्धीमा स्वास्थ्यको विषय यसरी राखिएको थियो :

  • अभाव र गरिवीको जीवन बाँचिरहेका नागरिकहरुको सेवा, हाम्रो तेस्रो प्राथमिकता थियो । यसका लागि हामीले आर्थिक भावमा जलनको उपचार गर्न नसक्ने नागरिकहरुको लागि सातवटै प्रदेशमा निःशुल्क उपचारको व्यवस्था गरेका छौं । कोशी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशको नारायणी अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फतउपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकको जलन उपचार निःशुल्क गर्ने व्यवस्था गरिएको छ ।
  • यसअघि तीनवटा प्रदेशमा मात्रै उपलब्ध रहेको क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार गरेका छौं ।
  • देशभरका १९ वटा संघीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरि १८ संघीय अस्पतालहरूमा सहज उपचार सेवा प्राप्तिका लागि टोकन प्रणाली लागु गरिएको छ ।

हेर्नुहोस् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको १०० दिने उपलव्धीको पूर्ण विवरण:

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *