उपराष्ट्रपति यादवको हर्नियाँको शल्यक्रिया सफल
काठमाडौँ, ७ कात्तिक । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको हर्नियाँको शल्यक्रिया सफल भएको छ ।
उपराष्ट्रपति यादवका निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालका अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको हर्नियाँको शल्यक्रिया सफल भएको हो ।
उपराष्ट्रपति यादव मङ्गलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको शल्यक्रिया प्राडा रमेशसिंह भण्डारी (युनिट चिफ एण्ड लिभर टान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानको टिमले गरेको हो ।
उपराष्ट्रपति यादवलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गर्ने बताइएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]