स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. महेन्द्रबहादुर बिष्टको निधन

काठमाडौं, ४ कात्तिक । स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. महेन्द्रबहादुर बिष्टको शनिबार (हिजो) विहान निधन भएको छ । उनको शनिबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार सम्पन्न भएको छ ।

७५ वर्षिय डा बिष्ट लामो समयदेखि बिरामी थिए । एक वर्ष पहिले उनको मस्तिष्क घात भएको थियो । मस्तिष्कघात पछि लामो समय अस्पतालमा रहेका डा बिष्टलाई यसपटक दशैंमा घर ल्याइएको थियो ।

ढेड दशक अघि सरकारी स्वास्थ्य सेवाबाट अवकास पाएका बिष्टले मेडिकल अधिकृतबाट स्वास्थ्य सेवामा प्रवेश गरेका बिष्ट क्षेत्रीय निर्देशक हुँदै स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भएका थिए ।

स्वर्गीय डा बिष्टका दुई छोरा र श्रीमती छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *