डा. रमेश कँडेल बने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त डीन

काठमाडौँ, १८ असोज । यसैपटक देखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निमित्त डीनको जिम्मेवारी डा. रमेश कँडेललाई दिएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै डा. कँडेललाई सो जिम्मेवारी दिएका हुन् ।

उनलाई दिइएको पत्रमा आज शुक्रबार देखि लागू हुने गरी निमित्त डिनको जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।

मेडिसिन विभागका प्रमुखका रुपमा कार्यरत डा कँडेल ज्येष्ठ नागरिक रोग विशेषज्ञ (जेरियाट्रिसियन) हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *