बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता र ६० जना घाइते

बाढीमा फसेकाहरुको उद्धारमा खटिएका नेपाल प्रहरीको उद्धार टोलीका सदस्यहरु । तस्बीर: नेपाल प्रहरी

काठमाडौँ, १२ असोज । गत विहीबार देखि देशका अधिकांश स्थानमा परेको अविरला बर्षाका कारण बाढी पहिलो र डुबानमा परेर अहिलेसम्म ६६ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । सोही घटनामा परी ६९ जना वेपत्ता र ६० जना घाइते भएको समेत मन्त्रालयले उल्लेख गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले गत १० असोज देखि १३ असोजसम्म चार दिन भारी एवं अति भारी मनसुनी बर्षा हुने पूर्वानुमान गरेको थियो । पूर्वानुमान अनुसार नै गत बिहीबार राती देखि नै पानी पर्न थालेको थियो । शुक्रबार दिनभर र शनिबार दिनभर पानी पर्दा अवस्था अहज बनेको हो ।

सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ ।

विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् । सशस्त्र प्रहरीका अनुसार, २ हजार १०३ जनाको उद्धार गरिएको छ ।

कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी बलले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ ।

नेपाली सेनाले पनि उद्दारमा उपत्यकासहित बाढी, पहिरो प्रभावित इलाकामा फौज परिचालन गरेको छ । सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, सेनाको हेलिकोप्टरमार्फत कुसुन्ती चेकमा डुबानमा फसेका २ जनासहित ४ जनाको उद्दार गरिएको छ ।

ललितपुरको नख्खुवेसीबाट पनि ५ जनाको उद्दार गरेर काठमाडौं ल्याइएको सेनाले जनाएको छ ।

यता स्वास्थ्य मन्त्रालयले विपतमा परेर उद्धार गरी ल्याइएका घाइतेहरुको निशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

यता नेपाल चिकित्सक संघले बाढी पछि आउन सक्ने सम्भावित महामारीजन्य रोगबाट जोगिन तथा जगाउन प्रतिकार्यमा जुट्नुपर्ने र त्यसका लागि आफूहरुको पनि सहयोग हुने जनाएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *