मुग्लिन – नारायणगढ सडक खण्डमा आज र भोलि रातीमा गाडी चलाउन नपाईने
काठमाडौँ, ११ असोज । मुग्लिन – नारायणगढ सडकखण्डमा आज र भोलि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले विपद् प्राधिकरणको निर्देशनअनुसार उक्त निर्णय गरेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म र भोलि साँझ ७ बजेदेखि पर्सि बिहान ५ बजेसम्म सो रुटमा सवारी सञ्चालनमा रोक लगाइएको बताए।
गएराती देखि नै निरन्तर पानी परिरहेको छ । रातीको समयमा पहिरो जान सक्ने जोखिम रहने र उद्धारमा जान समेत कठिनाई हुने भन्दै प्राधिकरणको निर्देशन अनुसार रात्रीकालिन समयमा यातायातमा रोक लगाउने निर्णय गरिएको बताए ।
मुग्लिन – नारायणगढ सडक यसवर्ष पहिरो जोखिमयुक्त सडक खण्डको रुपमा परिचित छ । यसवर्ष त्यस क्षेत्रमा गएको पहिरोले सवारी साधन बगाउँदा थुप्रै यात्रुहरुको निधन भएको छ ।
सम्पर्क इमेल : [email protected]