लिंग बढाइदिने डाक्टर भनेर चिनिएका व्यक्ति नक्कली खुलासा भएपछि…

थाइल्याण्ड । कक्षा ९ समेत अध्ययन् पुरा नगरेका एक जना ३६ बर्षीय युवाले आफूलाई चिकित्सक मात्रै भनेनन् करीव २० वर्ष अघि देखि लिंग बढाउने जोखिमपूर्ण सर्जरीमा समेत सम्लग्न भए ।

पछिल्लो समय एक व्यक्तिको उजुरी पछि उनी पक्राउ परेका छन् । उनलाई प्रहरीले अनुमति विना मेडिकल क्लिनिक सञ्चालन गरेको र लाइसेन्स विना डाक्टरको रुपमा काम गरेको दुई अभियोग लगाएर अनुसन्धान सुरु गरेको छ ।

क्राथुम बेन जिल्लाका ३६ वर्षीय कित्तिकोर्न सोंगरीलाई प्रहरीले गत साता स्टिङ अपरेसन गरी पक्राउ गरेको थियो । पक्राउ पछि उनले लिंग बढाउने उपचार भन्दै सिलिकन इन्जेक्सन र मोती प्रत्यारोपण गर्ने गरेको खुलासा भएको हो ।

आरोपित व्यक्तिले आफू १४ वर्षको हुँदा देखि नै यो कामका लागि सोच आएको र १६ वर्ष देखि काम गर्दै आएको बताएका थिए ।

उनले फेसबुक पेजमार्फत लिंग बिस्तारका लागि मोती प्रत्यारोपण शल्यक्रिया, सिलिकन अगुमेन्टेशन र फिलर इन्जेक्सन सेवा उपलव्ध भएको प्रचार गर्दै आएका थिए ।

एक जना पीडितले उनीकहाँ सेवा लिएपछि आफ्नो लिंगमा दुखाई निरन्तर रहेको र उत्तेजना समेत हराएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । पीडितको उजुरीपछि प्रहरीले उनको क्लिनिकमा छापा मारेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएपछि उनले आफू औपचारिक शिक्षा तर्फ कक्षा ९ मात्रै पढेको र तर लिंग बृद्धिका लागि मोती प्रत्यारोपण गर्ने तरिका सिकेको र आफ्नो सीप विकास गर्न जारी राखेको बताए ।

उनले प्रहरीसंग आफूले करीव २० वर्ष देखि इम्प्लान्ट र इन्लार्जमेन्ट सेवा उपलव्ध गराउँदै आएको भन्दै ग्राहकसंग ५ हजार देखि २० हजार भाटसम्म शुल्क लिने गरेको बताएका थिए । उनले आफ्नो क्लिनिकमा महिनामा दुई देखि तीन जना सेवाका लागि आउने गरेको समेत बताएका थिए ।

उनले स्तन प्रत्यारोपणमा जस्तै लिंगमा शल्यक्रिया गरी सिलिकन घुसाइने र ठूलो बनाउने गरेका थिए । अन्य उपचारमा लिंग लामो देखाउनका लागि ग्रोइन क्षेत्रको आन्तरिक लिगामेन्ट काट्ने । तथा लिंग मोटो बनाउन फिलरजस्ता पदार्थहरु इन्जेक्ट गर्ने गरेका थिए ।

पछिल्लो समय थाइल्याण्डमा लिंग ठूलो बनाउने भन्दै जोखिमयुक्त काम गर्ने नक्कली गिरोह सक्रिय भएको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । पोर्न खपत बढेको छ, त्यसको प्रभाव पनि युवाहरु यस कार्यमा सहभागी भएका छन्  जो चिकित्सकीय दृष्टिले निकै जोखिमपूर्ण र गलत छ ।

चिकित्सकहरुले अल्पकालीन नतिजा प्रदान गर्ने प्रक्रियाले भयानक साइड इफेक्ट हुनसक्ने चेतावनी दिएका छन् ।

  • बैंकक पोष्ट
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *