देशभर ९५ जनामा हैजा संक्रमण पुष्टि

काठमाडौँ, ९ असोज । देशभर गत साउनयता ९५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ९ जिल्लाका ९५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो ।

जसमध्ये सबैभन्दा धेरै ललितपुरमा ५४ जना, काठमाडौँमा १२ , रौतहटमा १२ ,  कैलालीमा ८ , प्युठानमा २ जनालाई हैजा सङ्क्रमण देखिएको छ ।

यस्तै, मकवानपुरमा १, रोल्पामा ४ , सिन्धुपाल्चोकमा १ र अछामका १ जनामा हैजा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

सङ्क्रमित मध्ये २१ जना अस्पतालमा उपचाररत छन् ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो ।

यो रोग लागेमा पातलो चौलानी पानीजस्तो दिसा हुने, वाकवाकी लाग्ने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनेजस्ता लक्षणहरु देखिन्छन्।

हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *