नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा अर्याल निर्वाचित

काठमाडौँ, ९ असोज । नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा तारानाथ अर्याल सर्वसम्मतरूपमा निर्वाचित भएका भएका छन्। उनी नेपोलियन हेल्थ केयर सेन्टर प्रालिका सञ्चालक हुन्।

मंगलबार भएको कार्यसमिति निर्वाचनमा अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यहरु सर्वसम्मतिले निर्वाचित भएको संघले जनाएको छ।

संघले नवनिर्वाचित कार्यसमितिलाई मंगलबार नै पद तथा गोपनीयताको शपथ र पदबहाली गराएको छ। संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला दाहाल, उपाध्यक्षमा दिवाकर गौतम, महासचिवमा कृष्ण प्रसाद बजगाईं, सचिवमा पंकज कुमर झा र कोषाध्यक्षमा रुनुका खड्का ९सदीक्षा० निर्वाचित भएका छन्।

यस्तै, कार्यसमितिको सदस्यहरूमा क्रमशः भरत सापकोटा, रमेश आचार्य, विष्णु माया श्रेष्ठ, बबिन्द्र घिमिरे, विश्वराम सपकोटा, निराजन कँडेल, निरज श्रेष्ठ, सुरेशकुमार राय र आनन्द यादव निर्वाचित भएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *