एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सम्मेलन आउँदो १३ र १४ असोजका दिन काठमाडौँको सोल्टी होटलमा हुँदैछ । सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गर्ने समेत मन्त्रालयले जानकारी दिएको छ ।

लैङ्गिक हिंसा पीडित महिला तथा बालबालिकाहरलाई बहुसंयोजनद्धारा एकीकृत रुपमा स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, अल्पकालीन आश्रय, कानुनी उपचार, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्र्थापना तथा जीविकोपार्जनमा सहयोग गर्ने उदेश्यले तोकिएका अस्पतालहरुमा एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) स्थापना गरिएको हो ।

ती केन्द्रले एकीकृत रुपमा महिला विरुद्धका हिंसालाई सम्वोधन गर्नेछ भने हिंसापीडित बालिका किशोरी र महिलाका साथमा रहेका बालबच्चा समेतलाई उपचार तथा आश्रयको व्यवस्था मिलाउने छ । पछिल्लो समय भने हिंसापीडित पुरुषलाई पनि यस केन्द्रले सेवा उपलव्ध गराईरहेको बताएको छ ।

विसं २०६९ सालदेखि सुरु भएको यो कार्यक्रम हाल ७७ जिल्लाको ९० भन्दा बढी अस्पतालमा बिस्तार भइसकेको छ।

लैङ्गिक हिंसा पीडित वा प्रभावित व्यक्तिहरुलाई आवश्यक सबै सेवाहरु जतिसक्दो चाँडो एकद्धार प्रणालीबाट उपलब्ध गराउने यो कार्यक्रमको मुख्य उद्देश्य हो।

ओसिएमसी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण राष्ट्रिय रणनीति तथा कार्ययोजना २०६९ र अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका २०७७ जारी समेत गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सम्मेलनमा देशभरबाट ३०० बढीको सहभागिता हुने बताए । यो कार्यक्रम लागू भएका अस्पतालसंगै महिला तथा बाल मन्त्रालयका प्रतिनिधि, कानून मन्त्रालयका प्रतिनिधि, प्रहरीका प्रतिनिधिहरु सहभागी हुने उनले जानकारी दिए । ओसीएमसी मन्त्रालयको जनसंख्या महाशाखाले हेर्दै आएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *