जावलाखेलको लेजर थेरापी क्लिनिक नयाँ स्वरुपसहित लगनखेलमा

ललितपुर, ८ असोज । झण्डै १२ वर्ष देखि जावलाखेलमा रहेर सेवा दिईरहेको लेजर थेरापी क्लिनिक लगनखेल सरेको छ । नेपालकै पहिलो र एक मात्रै लेजर थेरापी क्लिनिक सेवा सहित शनिबार बटुक भैरव जाने बाटो लगनखेलमा सञ्चालनमा आएको छ ।

नेपालमै पहिलो पटक लेजरथेरापी सेवा भित्र्याउने डाक्टर सुशीला वैद्यले सञ्चालन गरेको यो क्लिनिक सेवा दिन थालेको २४ वर्ष पुगेको छ । यो अवधीमा ३० – ३५ हजार बिरामीले क्लिनिकबाट उपचार सेवा लिइसकेको डा. वैद्य बताउछिन् ।

‘लेजर थेरापी क्लिनिकले पहिले पुतलीसडक, न्युरोड, ढल्को, जावलाखेल लगायतका क्षेत्रमा आफ्ना शाखाहरु खोलेको थियो । तर अब सबै ठाँउका शाखाहरुलाई एकीकृत गरिएको छ र लगनखेलबाट विशिष्टकृत रुपमा सेवा दिन थालिएको छ,  डा. वैद्यले भनिन् । त्यसो त लेजर थेरापीबाट उपचार गराउने देशभरीमा यस्तो अर्को कुनै क्लिनिक नरहेको बताइन्छ। डा. वैद्यले पनि यस क्लिनिकको अन्यत्र कतै आफ्नो अर्को शाखा नरहेको जानकारी दिईन् ।

उनले लगनखेलमा बिरामीका लागि सुविधासम्पन्न भवन रहेको र थप उपचार सेवा बिस्तार गर्ने योजनाका साथ सरिएको स्पष्ट पारिन् । यस क्लिनिकमा करिब ४०० भन्दा बढी रोगहरुको सफल उपचार गरी नयाँ जीवन दिन सफल भएको डा. वैधको भनाइ छ।

यसैबीच शनिबार लगनखेल क्लिनिकबाट सेवा प्रारम्भ गर्दा डा वैद्यले आफ्ना परिवार र अभिभावकलाई साक्षी राखेकी छन् । उनले आफ्नै बुवा शन्तमान शाक्यलाई प्रमुख अतिथि बनाएर नयाँ क्लिनिकको उद्घाटन गराईन । सो अवसरमा बोल्दै शाक्यले छोरीले गरेको प्रगतिले आफूलाई खुशी तुल्याएको भन्दै सफलताको कामना गरे ।

कार्यक्रममा परिवारकै सदस्य एवं यतिकेम डिस्ट्रिव्युटर्सका अध्यक्ष प्रभुराज वैद्यले सफलताको शुभकामना दिएका थिए । उनले डा. सुशीलाले नेपालमा लेजर थेरापी सेवाको इतिहास रचेको र जग बसाईदिएको बताए ।

डा. सुशीलाको श्रीमान् समेत रहेका कार्डियाक सर्जन डा. प्रेमराज वैद्यले विरामीहरुलाई सहज सेवासंगै थप सुविधाका लागि लगनखेलबाट सेवा प्रारम्भ गरिएको बताए । डा सुशीलाले चिकित्सक बन्नका लागि गरेको परिश्रम तथा परिवारको सहयोगबारेमा समेत स्मरण गरेका थिए ।

लेजर थेरापी के हो ?

लेजर विकिरणको माध्यमबाट मेसिनको सहायताले गर्ने उपचार विधि हो। लेजर मेसिनबाट लेजर विकिरण नानोमिटरमा निस्किन्छ। लेजरको विकिरणलाई आँखाले देख्न सक्दैनौँ। यो विकिरणबाट निस्केको तातो अथवा चिसो महसुस पनि गर्न सक्दैनौँ।

रोगअनुसार यो विकिरणको मात्रा निर्धारण गरिन्छ। शरीरको रोग र अङ्गअनुसार विकिरणको मात्रा प्रवाह गर्नुपर्ने भएकाले यस्तो उपचार दक्ष चिकित्सकले मात्र गराउन सक्छन्। मेसिनको प्रयोग गरिने भएकाले यस्तो मेसिन चलाउन पनि दक्ष चिकित्सकको नै आवश्‍कता पर्दछ।

लेजरको विकिरण मानव स्वास्थ्यका लागि हानिरहित छ, कुनै किसिमको साइड इफेक्ट नगर्ने भएको हुनाले नै विश्वका विकसित देशहरूमा यसको लोकप्रियता बढ्दो क्रममा छ।

डा. वैद्यले  आँखा र क्यान्सर, थाइराइड बाहेक दुखाई संग सम्वन्धी सबै रोगहरुमा यो उपचार पद्धती प्रयोग गर्न सकिने बताईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “जावलाखेलको लेजर थेरापी क्लिनिक नयाँ स्वरुपसहित लगनखेलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *