डा. भगवान कोइरालाको नेतृत्वमा बन्दै गरेको बाल अस्पताल निर्माणका लागि डा. शशि भुषण उपाध्यायबाट नौ करोड सहयोग

काठमाडौँ, ८ असोज । काठमाडौँ इन्स्टिच्यु अफ चाइल्ड हेल्थ (किओच)को काठमाडौँमा बन्दै गरेको अस्पताल भवनको उत्तरी ब्लक डा शशि भुषण उपाध्यायले बनाईदिने भएका छन् । उनले सो कार्यका लागि नौँ करोड रुपैयाँ आफ्नो खर्च गर्नेछन् ।

भवन निर्माणका लागि सहयोग गर्ने सम्वन्धमा सोमबार किओचका अध्यक्ष प्राडा भगवान कोइराला र डा. उपाध्यायबीच सम्झौँता भएको छ । सोही अवसरमा डा. उपाध्यायले सहयोग रकमको पहिलो किस्ता बापत दुई करोड ७० लाख रुपैयाँको चेक सोमबार नै इन्स्टिच्युटका अध्यक्ष प्राडा. कोइरालालाई हस्तान्तरण गरेका छन् ।

सम्झौँता कार्यक्रममा बोल्दै डा. उपाध्यायले नेपालका बालबालिकाहरुको उपचारमा सहयोग गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरे । उनले आफूले उपलव्ध गराएको सहयोग समेतबाट निर्माण सम्पन्न भई बालबालिकाले उपचार सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

इन्स्टिच्युटका अध्यक्ष डा. भगवान कोइरालाले यस सहयोगले अस्पताल निर्माणको कार्यलाई सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने र निकट भविस्यमा सेवा उपलव्ध गराउन सकिने विश्वास व्यक्त गर्दै सहयोग रकमको सही सदुपयोग गरिने प्रतिवद्धता व्यक्त गरे ।

सहयोगका गर्ने बातावरण मिलाउन सहजीकरण गरेका नरेशचन्द्र लामिछानेले यस प्रक्रियामा सहयोगी भूमिका खेल्न सकेकोमा खुशी व्यक्त गर्दै सहयोगले नेपालका बालबालिकालाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे ।

कसरी अघि बढ्दै छ ‘किओच’ निर्माण परियोजना ?

नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा बढी वढि संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को स्थापना भएको हो ।

काठमाडौँमा बहुविशिष्टकृत बाल अस्पताल तथा देशको सबै प्रदेशमा भौतिक संरचनासहितका स्याटेलाइट बाल अस्पताल सञ्चालन गर्ने किओचको लक्ष्य रहेको छ ।

किओचका अध्यक्ष प्राडा कोइराला भन्छन्, ‘बालबालिकालाई उपचारको अभाववाट हुने क्षति र अपाङ्गताबाट बचाउनु र परिवारलाई गरिबीको दुश्चक्रमा पर्नबाट रोक्न प्रयास गर्नु किओचको मुल ध्येय रहेको छ ।’

यस परियोजना अन्तरगत पहिलो अस्पताल किओच (दमक बाल अस्पताल) कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापन भई सेवा सुरू भएको छ । यस अस्पतालबाट वहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजि, पिआइसियु, एनआइसियु, मोडुलर अपरेसन थियेटरु बाट शल्यकृया लगायतका सेवा प्रदान गरिएको छ ।

सेवा सुरू भएको एक बर्षमा यसले एक लाख बालबालिकालाई सेवा प्रदान गरेको छ भने छ हजार सात सय बालबालिकालाई अन्तरङ्ग सेवा र करिव एक हजार पाँच सय बालबालकालाई सघन उपचार सेवा प्रदान गरेको छ ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुबिशिष्टिकृत बाल अस्पताल ‘किओच-काठमाण्डौ बाल अस्पताल’को निर्माण कार्य जारी रहेको छ ।

यी सम्पूर्ण कार्य गर्नका लागि संघीय सरकार, प्रदेश सरकार, काठमाडौँ महानगरपालिका लगायतका स्थानीय सरकार, ब्यापारिक घराना, वित्तीय संस्थाहरू, अन्य स्वदेश तथा विदेशका संघसंस्था र व्यक्तिहरूबाट आर्थिक तथा जिन्सी सहयोग प्राप्त भइरहेको किओचले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *