सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल तनावग्रस्त

सुर्खेत, ७ असोज । सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

गए राति वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् ।

आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनको रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गर्दै गर्दा गए राति मृत्यु भएको अस्पतालले जनाएको छ । आफन्तले आन्दोलन गरेपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *