नेपाल दन्त चिकित्सा अनुसन्धान संघमा नयाँ कार्य समिति, अध्यक्षमा प्राडा माथेमा

काठमाडौँ, २ असोज । नेपाल दन्त चिकित्सा अनुसन्धान संघमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सम्पन्न तेस्रो अधिवेशनले प्राडा सुरजभक्त माथेमाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनले उपाध्यक्षमा प्राडा दशरथ काफ्ले, सचिवमा डा दिलिप प्रजापति, उपसचिवमा डा सिजन पौडेललाई चयन गरेको छ । यस्तै कोषाध्यक्षमा प्राडा सुनन्दा सुन्दास र उप कोषाध्यक्षमा प्राडा दीपशिखा बज्राचार्य चयन भएका छन् । नयाँ कार्यसमितिको सदस्यहरुमा डा रेजिना श्रेष्ठ, डा सिर्जना दाहाल, डा अर्जुनहरि रिजाल र डा प्रदीप भण्डारी चयन भएका छन् ।

नेपालमा दन्त चिकित्सा तथा उपचारका क्षेत्रमा अनुसन्धान गर्ने प्रचलनको विकास गर्ने मुख्य उदेश्यले विसं २०७५ सालमा स्थापित यो संस्थाले अहिले अनुसन्धान तथा तालीमका कार्यलाई जोड दिएको छ ।

यसैबीच नवनिर्वाचित अध्यक्ष प्राडा माथेमाले यस संस्था अन्तराष्ट्रिय दन्त चिकित्सा अनुसन्धान संघ(आईएडीआर) र दक्षिण एशियाको दन्त चिकित्सा अनुसन्धान संघ (आईएडीआर साउथ ईष्ट एशिया) छाता संस्था समेत भएकोले नेपाली डेन्टल अनुसन्धानकर्ताहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा अनुसन्धान तथा तालीमको अवसर जुटाउने कार्यमा लाग्ने बताए । उनले नेपालमा डेन्टल क्षेत्रमा अनुसन्धान बढाउन, नेपाली दन्त चिकित्सकहरुलाई अनुसन्धानमा आकर्षण गर्न समेत संघले विशेष भूमिका निर्वाह गर्ने बताए ।

संघको हरेक दुई दुई वर्षमा अधिवेशन हुने र नयाँ कार्यसमिति चयन हुने व्यवस्था छ । विसं २०७५ सालमा संस्था स्थापना हुँदा प्राडा शैली प्रधानको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । दोस्रो अधिवेशनले प्राडा रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।

मंगलबार अधिवेशनको उद्घाटन गर्न पहिलो अध्यक्ष प्राडा प्रधान उपस्थित भएकी थिईन ।

यो संघमा ७० जना भन्दा बढी दन्त चिकित्सक आवद्ध छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *