हुम्लामा पहिलोपटक देखियो डेंगी संक्रमण

काठमाडौँ, २ असोज । हिमाली जिल्ला हुम्लामा पहिलोपटक डेंगी संक्रमित बिरामी देखिएका छन्।

अत्याधिक ज्वरो आएपछि अस्पताल भर्ना गरिएका बालकको स्वाव परिक्षण गर्दा डेंगी पुष्टि भएको हो। सिमकोट गाउँपालिका-८ को खोल्सी गाउँका एघार वर्षका बालकलाई डेंगी पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ ।

बालकको स्वाव भेरिफाइ गर्न तीन पटक ल्यावमा परिक्षण गर्दा डेंगी पुष्टि भएको हो। चिकित्सकले बालकमा भएको डेंगी स्थानीय डेंगी भएको बताएका छन्।

बालकलाई ज्वरो आउने र रुघाखोकी लागेपछि बालकलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। डेंगी पुष्टि भएका बालक जिल्ला भन्दा बाहिर कतै पनि नगएको पनि  स्वास्थ्य  कार्यालयले जनाएको छ ।

हालसम्म हुम्ला जिल्ला डेंगीबाट सुरक्षित रहँदै आएको थियो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *