वडाबासीको स्वास्थ्य परीक्षणका लागि कामनपा र नेपाल मधुमेही समाजबीच सम्झौँता

काठमाडौँ, १ असोज ।  काठमाडौँ महानगरपालिका वडा नं २३ का बासिन्दाले अब इको, इसीजी, अल्ट्रासाउण्ड, २४ घण्टे एम्बुलेटोरी रक्तचाप परीक्षण निशुल्क गर्न पाउने भएका छन् ।

नेपाल मधुमेही समाजले ती परीक्षणहरु निशुल्क उपलव्ध गराउने भएको हो । तर, ती सेवा निशुल्क लिनका लागि वडावासीले वडामै रहेको महानगरको स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट सिफारिस लिएर जानु पर्दछ ।

निशुल्क सेवा सम्वन्धी कार्यलाई औपचारिक रुपमा सञ्चालन गर्नु अघि सोमबार वडाअध्यक्ष मचाराजा महर्जन र समाजका अध्यक्ष शिव श्रेष्ठले सम्झौँता पत्रमा हस्ताक्षर गरे ।

‘हाम्रो कार्यालय २३ नम्बर वडा ओमबहालमै पर्दछ । वडावासीलाई केही सहुलियत दिनु हाम्रो दायित्व पनि हो । त्यसैले यो सुविधा सम्वन्धी सम्झौँता गरेका हौँ,’ अध्यक्ष श्रेष्ठले भने ।

त्यसो त मधुमेही समाजले ओमबहालस्थित कार्यालयमा मधुमेह जाँच, उच्च रक्तचाप तथा अक्सिजन लेभलको परीक्षण निशुल्क गर्दै आएको छ । ७० वर्ष माथिका जेष्ठ नागरिकको मधुमेह सम्वन्धी परामर्श पनि निशुल्क नै दिदै आएको छ ।

समाजले अति विपन्न नागरिकहरुको लागि इको इसिजी, अल्ट्रासाउण्ड लगायतका सेवा पनि निशुल्क नै उपलव्ध गराउँदै आएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

यति मात्रै होइन समाजले मधुमेहीहरुलाई डाइबेटिक रेटिनोपेथीको समस्या छ कि भनेर हरेक महिना निशुल्क परीक्षण शिविर समेत सञ्चालन गर्दै आईरहेको छ । त्यसका लागि समाजले तिलगंगा आँखा प्रतिष्ठानसंग सम्झौँता गरेको छ । तिलगंगाका विशेषज्ञहरुले नै सो सेवा दिने गरेको अध्यक्ष श्रेष्ठले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *