पाल्पा : पूर्वखोलामा पाँच दिने योग शिविर सम्पन्न

पाल्पा, १ असोज । जिल्लाको पूर्वखोला गाउँपालिकाले पाँच दिवसीय योग विज्ञान शिविर सञ्चालन गरेको छ । पतञ्जली योग समिति पाल्पाको संयोजनमा गत २४ देखि २८ भदौसम्म चलेको योग विज्ञान शिविरमा विद्यार्थी तथा स्थानीय गरी २ हजार बढीले प्रशिक्षण लिएको शिविर संयोजक एवं सहायक प्रशिक्षक माधव शर्माले बताए ।

बरिष्ठ योग प्रशिक्षक लोकनाथ खनालको मुख्य प्रशिक्षणमा शिविर विहान र बेलुका गरी दुई सिफ्टमा सञ्चालन भएको थियो । दिउसोमा स्थानीय विद्यालयमा गएर विद्यार्थीलाई योग कक्षा सञ्चालन गरिएको समेत शर्माले बताए । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बदलिएको जीवनशैलीलाई स्वस्थ मैत्री बनाउन योग विज्ञान शिविर सञ्चालन गरिएको बताए । उनले भने, ‘हाम्रा अस्वस्थकर जीवन शैलीले नसर्ने रोगको जोखिम बढ्दै गएको छ । यसलाई नियन्त्रणमा लिनका लागि योगको आवश्यकता पर्दछ । त्यसैले हामीले योग शिविर सञ्चालन गरेका हौँ । यसले व्यक्तिले आफूलाई परिवर्तन गर्न मद्धत मिलेको छ ।’

शिविरको समापन समारोहमा संघीय सांसद नारायणप्रसाद आचार्य, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराई, शिविर आयोजक समितिका अध्यक्ष नीलकण्ठ भट्टराई लगायतले योगको महत्वबारेमा बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *