बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको निधन

काठमाडौँ, ३० भदौ । भरतपुर अस्पतालका बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सजन केसीको निधन भएको छ । ४४ वर्षीय डा.  केसीको आज विहान काठमाडौँमा निधन भएको हो । उनलाई पछिल्लो समय मुटु सम्वन्धी समस्या देखिएको थियो ।

उपचारमा सम्लग्न चिकित्सकले डा. केसीको मृत्युको प्रमुख कारण मुटु सम्वन्धी समस्या नै भएको बताए । ‘पुरानो एओर्टिक एनोरिज्म च्यातिने वा फुटने कारणले उहाँको निधन भएको हुनसक्छ,’ उनको उपचारमा सम्लग्न ती चिकित्सकले भने ।

ती चिकित्सकका अनुसार डा. केसीलाई पहिल्यै देखि नै मुुटु सम्वन्धी समस्या थियो । उनको मुटुबा निस्कने नली एओर्टामा एन्युरिज्म भएको थियो । यसपटक पनि त्यहि समस्या देखियो ।

चिकित्सक स्रोतले दिएको जानकारी अनुसार डा.  केसीलाई विहान छातीमा गाह्रो भएर सुरुमा नजिकैको विनायक अस्पताल लगिएको थियो । त्यहाँ अवस्था सुधार नआएपछि मनमोहन कार्डियो थोरासिक भास्कुलर एवं ट्रान्सप्लान् सेन्टरमा पठाइएको थियो ।

तर सेन्टर पुग्दासम्म उनको मुटुले काम गरिरहेको थिएन । सेन्टरको आकस्मिक कक्षमा पुरयाउने वित्तिकै चिकित्सकहरुले सिपिआर दिएर धडकन फर्काउन त खोजे तर सफल हुन सकेन ।

डा. केसी विगत ६ वर्ष देखि प्रसूति तथा स्त्री रोग विशेषज्ञको रुपमा भरतपुर अस्पतालमा कार्यरत थिए । उनी दशौँ तहका चिकित्सक हुन् ।

यसैबीच आफ्ना आजिवन सदस्य डा केसीको निधन प्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ । संघका महासचिव डा. सञ्जीव तिवारीले विज्ञप्ती जारी गर्दै डा. केसीको योगदानलाई सदा स्मरण गरिरहने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *