देशभर ९ हजार भन्दा बढीमा डेंगी संक्रमण, ६ जनाको मृत्यु

काठमाडौंँ, ३० भदौ। यो वर्ष (सन् २०२४) मा देशभर ९ हजार भन्दा बढीमा डेंगी संक्रमण देखिएको छ ।

जनवरीयता १३ सेप्टेम्बरसम्म ९ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

जसमध्ये सबैभन्दा धेरै तनहुँका १ हजार ४३५ जना संक्रमित भएका छन् । यस्तै, कास्कीका १ हजार ३१८, पर्वतका ८८०, काठमाडौँका ८७१ र चितवनका ६२८, जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा कम छ । हुम्लाबाहेक देशका ७६ जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

सोही अवधिमा डेंगी संक्रमणबाट ६ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *