चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्‍याएका १० जना महिला चिकित्सक सम्मानित

काठमाडौँ, २८ भदौ । राष्ट्रिय एवं अन्तराष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएका १० जना महिला चिकित्सकहरु सम्मानित भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका १० जना बरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन्।

नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती १० जना महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड तर्फ डा. रिता गुरुङ (अप्थाल्मोलोजिष्ट), डा. शान्ताकुमारी सापकोटा (एनेस्थेसियोलोजिष्ट), डा. हिरा तुलाधर (स्त्री तथा प्रसूति विशेषज्ञ), डा. गिता सायमी (प्याथोलोजिष्ट) र डा. कल्पना सुवेदी उपाध्याय (पेडियाट्रियिन) रहेका छन् ।

यस्तै वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत डा. सुनिति आचार्य, डा. सुधा खकुरेल, डा. विमला लाखे, डा. मालती त्रिपाठी र डा. अम्बिका श्रेष्ठ रहेका छन् ।

संघका महासचिव डा. सञ्जीव तिवारीले यसपटक पूर्व सचिव डा. सुधा शर्माको संरक्षकत्व र डा. आश्मा राणाको संयोजकत्वमा गठित समितिले सम्मानका लागि नाम छनौट गरी पठाएको र त्यसलाई संघले अनुमोदन गरेको बताए ।

यसैबीच कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य प्रति सरकार जिम्मेवार रहेको भन्दै महिला चिकित्सकहरुको भूमिका अतुलनीय भएको बताए । उनले नेपालको चिकित्सा तथा उपचार सेवामा योगदान गर्ने महिला चिकित्सक प्रति सम्मान गर्ने थालनी गरेको भन्दै नेपाल चिकित्सक संघको कार्यप्रति प्रसंशा गरे ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले नेपालका महिला चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशेष सुरक्षाको खाँचो रहेको बताए । उनले भारतमा केही समय अघि भएको जस्तो घटना नेपालमा नहोला भन्न सकिदैन भन्दै विशेष सुरक्षाको व्यवस्था लागू गर्न सरकारको ध्यनाकर्षण गराए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्‍याएका १० जना महिला चिकित्सक सम्मानित

  1. congratulations to the ten eteemed women leaders in Medicines
    Thank you NMA continuing this poineering gestures. I was also a participant of this apprciation two yeard back.

Leave a Reply

Your email address will not be published. Required fields are marked *