लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौं, २७ भदौ । लागूऔषध कारोबार गरेको आरोपमा पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद डा. श्रेष्ठलाई आज प्रहरीले पोखरास्थित क्लिनिकबाट पक्राउ गरेको हो ।

श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीका सञ्चालक हुन् ।

डा. श्रेष्ठको क्लिनिकबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोल बेचविखन हुने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएका छ ।

लागूऔषध ओसारपसार अभियोगमा पक्राउ गरेका एक युवाले श्रेष्ठको क्लिनिकबाट किनेको बयान दिएका थिए । सोही बयानका आधारमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *