केडीसी र जीएसएल कलेज भारतबीच प्राज्ञिक, शैक्षिक र अनुसन्धानका विषयमा सहकार्य गर्ने सम्वन्धी सम्झौता

काठमाडौँ, २७ भदौ । प्राज्ञिक, शैक्षिक र अनुसन्धानका विषयमा सहयोग आदानप्रदान गर्ने गरी बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) र भारतको आन्ध्रप्रदेशस्थित जीएसएल डेन्टल कलेजबीच सम्झौँता भएको छ ।

बुधबार केडीसीमा भएको सम्झौँता अनुसार अब जीएसएल कलेजले स्नातक र स्नातकोत्तर तहका विद्यार्थी तथा शिक्षकहरुलाई अभुवन आदानप्रदान तथा तालीमको व्यवस्था गर्ने छ । यस्तै केडीसीमा ओरल क्यान्सर विधामा नयाँ प्रविधि र सीप सिकाउने र सन् २०२५ मा दुबै कलेजको संयुक्त आयोजनामा काठमाडौँमा हेड एण्ड नेक अंकोलोजी कन्फरेन्स आयोजना हुनेछ ।

केडीसीका प्रोग्राम कोअर्डिनेटर डा दिप्सिखा बज्राचार्यका अनुसार सम्झौँताका लागि जीएसएल एजुकेशनल सोसाइटीका सीईओ प्राडा गोविन्द राजकुमार, सोसाइटीका म्यानेजिङ डाइरेक्टर डा गनि सन्दीप र जीएसएल क्यान्सर ट्रष्टका डाइरेक्टर समेत रहेका सर्जिकल अंकोलोजिष्ट डा जी तरुण काठमाडौँ आएका थिए ।

यस्तै केडीसीका तर्फबाट अध्यक्ष डा बुद्धिमान श्रेष्ठ, प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठ सहितका पदाधिकारीहरु थिए ।

अध्यक्ष डा श्रेष्ठले केडीसीले डेन्टल एजुकेशनसंगै रोगको उपचारका लागि भित्रिएका नयाँ प्रविधि र पद्धतीमा आफ्ना जनशक्तिलाई दक्ष बनाउन विदेशी विश्वविद्यालय, कलेज तथा प्रतिष्ठानसंग सहकार्य तथा सम्झौँता गर्दै आएको बताए ।

उलने यसअघि नै केडीसीले वल्ड डोमिनियन युनिभर्सिटी अमेरिका, टोकियो डेन्टल कलेज जापान, लाटेरभ युनिभर्सिटी अष्ट्रेलिया, सभीता मेडिकल एण्ड डेन्टल कलेज चेन्नई भारतबीच समेत सम्झौँता भइसकेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *