आईओएमका पूर्व डीन प्राडा आचार्यले बनाईदिए त्रिवि शिक्षण अस्पताललाई एकेडेमिक हल

काठमाडौँ, २७ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का परिकल्पनाकारमध्येका एक एवं पूर्व डीन प्राडा गोपालप्रसाद आचार्यले आफ्नो व्यक्तिगत लगानीमा त्रिवि शिक्षण अस्पतालमा सुविधा सम्पन्न एकेडेमिक हल बनाईदिएका छन् ।

अस्पतालको ‘इ ब्लक’को माथिल्लो भागमा प्राडा आचार्यले व्यक्तिगत एक करोड १० लाख रुपैयाँ बढी खर्चेर एकेडेमिक हल निर्माण गरिदिएका हुन् ।

अस्पतालले उक्त हलको नाम ‘प्रोफेसर जीपी आचार्य एकेडेमिक हल’ राखेको छ ।

बुधबार अस्पतालका निर्देशक प्राडा दिनेश काफ्ले र डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनका प्रमुख प्राडा महेशराज सिग्देलको उपस्थितिमा आईओएमकी डीन प्राडा दिव्यासिंह शाहले उद्घाटन गरिन ।

सो अवसरमा पूर्व डीन प्राडा शशी शर्मा, प्राडा जगदीश अग्रवाल, पूर्व निर्देशक प्राडा प्रेम खड्गी लगायत फ्याकल्टी र चिकित्सकहरुको उपस्थिति थियो ।

सन् १९७६ मा त्रिवि आईओएमको सेवामामा प्रवेश गरेका आचार्य सन् २००७ मा सेवा निवृत्त भएका थिए । उनी त्रिवि आईओएमका तेस्रो डीन हुन् ।

डिपार्टमेन्ट अफ इन्टरनल मेडिसिनका प्रमुख प्राडा सिग्देलले त्रिवि आईओएकको एकेडेमिक क्षेत्रमा प्राडा आचार्यको अतुलनीय योगदान रहेको भन्दै त्यसको निरन्तरता अहिले हल निर्माणको बेलासम्म पनि जारी रहेको बताए ।

उनले नव निर्मित हल एकेडेमिक कार्यमा मात्रै प्रयोग हुने बताए ।  नव निर्मित हल १०० सिट क्षमताको रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *