नेपाल एनसीडी एलायन्सको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ, २२ भदौ । नसर्ने रोगविरुद्ध काम गर्दै आएका व्यक्ति तथा संस्थाहरुको साझा मञ्च नेपाल एनसीडी एलायन्सको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एलायन्सका अध्यक्ष डा प्रकाशराज रेग्मीको अध्यक्षतामा शनिबार लतितपुरको पुल्चोकस्थित नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सभाहलमा साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाले महासचिव किशोरकुमार प्रधानाङ्गले पेश गरेकोे गतवर्ष कार्यप्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष उत्तमा श्रेष्ठले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । साथै आगामी दिनमा एलायन्सले गठन गरेको विभिन्न नौवटा उप समितिले तयार गर्ने कार्ययोजनाको आधारमा नसर्ने न्युनिकरणका लागि विभिन्न गतिविधि अघि बाउने निर्णय गरेको छ ।

साधारण सभामा बोल्दै एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले नसर्ने रोगविरुद्धको अभियानलाई थप सशक्त रुपमा अघि बढाउन विभिन्न उपसमिति गठन गरिएको र यसले बार्षिक कार्ययोजना तयार गरी नियमित रुपमा गतिविधि अघि बढाउने बताए । सन् २०१३ सालमा लुज नेटवर्कको रुपमा पाँच जना व्यक्ति मिलेर सुरु भएको सञ्जालले अहिले व्यापकता पाउँदै गएको बताए । उनले पछिल्लो समय भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गतिविधि त्यसको ज्वलन्त उदाहरण भएको बताए ।

यस्तै एलायन्सका सह अध्यक्ष शान्तलाल मुल्मीले नसर्ने रोग न्युनिकरणका लागि यसबारेमा जनचेतना अभिबृद्धि गर्ने, नीतिगत बहस छेड्ने मात्रै नभई यसबाट पीडित व्यक्तिहरुको आवाज सुन्ने र सम्बन्धित निकायमा पुर्‍याउने काम समेत गरेको बताए ।  उनले एलायन्सले व्यापकता पाउँदै गरेको भन्दै खुशी व्यक्त गरे ।

कार्यक्रममा उपाध्यक्ष डा. अभिनव वैद्यले गत महिना भर्चुअल रुपमा सम्पन्न साउथ ईष्ट एशिया रिजनल एनसीडी एलायन्स कन्फ्रेन्सको प्रतिवेदन साथै नयाँ सीड ग्रान्ट प्रोजेक्ट सहित आगामी योजनाबारेमा प्रस्तुति दिएका थिए ।

सन् २०१३ सालमा ‘लुज फोरम’को रुपमा स्थापित एलायन्स अहिले गैर नाफामुलक संस्थाको रुपमा दर्ता भएको छ । अहिले यो संस्थामा नसर्ने रोगविरुद्ध क्रियाशिल विभिन्न ३९ वटा संस्था आवद्ध रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *