अफिनले मनायो २६ औँ स्थापना दिवस

स्वास्थ्य मन्त्री भन्छन्, १० प्रतिशत निशुल्क शैय्याको प्रभावकारी कार्यान्वयन होस्

काठमाडौँ, २१ भदौ । निजी अस्पतालहरुको छाता संस्था ‘एसोसिएसन अफ प्राइभेट हेल्थ इस्टिस्च्युएसन अफ नेपाल (अफिन) ले आफ्नो २६ औं स्थापना दिवस मनाएको छ। शुक्रबार कुपण्डोलस्थित होटल हिमालयमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई प्रमुख अतिथिको रुपमा अपिले निम्त्याएको थियो । सो अवसरमा बोल्दै मन्त्री पौडेलले आम नागरिकको उपचार सेवामा निजी क्षेत्रको महत्वपूर्ण योगदानको रहेको चर्चा गरे। उनले निजी अस्पतालले विपन्नका लागि छुट्याउनु पर्ने १० प्रतिशत निशुल्क शैय्याको कार्यान्वयन त्यति प्रभावकारी नभएको भन्दै अस्पताल सञ्चालकहरुलाई प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरे ।

उनले अहिले निजी अस्पतालहरु नविकरणको समस्यामा परेको आफूले थाहा पाएको भन्दै यसमा सहजीकरण गर्न आफू तयार रहेको बताए । उनले सो विषय प्रधानमन्त्री समक्ष समेत पुरयाएको जानकारी दिए । मन्त्री पौडेलले बीमाको दायरा बढाएर ५ लाखसम्म पुरयाउनु पर्ने र त्यसमा निजी स्वास्थ्य संस्थालाई पनि समेटने योजना रहेको सुनाए ।

कार्यक्रममा अफिनका अध्यक्ष डा. पदमबहादुर खड्काले निजी स्वास्थ्य संस्थाको समस्या समाधानका लागि राज्यले गम्भीर भएर भूमिका निर्वाह गरिदिन आग्रह गर्दै राज्यलाई आवश्यक पर्दा सधै सहयोग गर्न तयार रहेको बताए।

कार्यक्रममा अफिनका सल्लाहकार पूर्व गृह राज्य मन्त्री दीपक प्रकाश बाँस्कोटा, नेपाल मेडिकल काउन्सिलसका अध्यक्ष डा चोपलाल भुषाल, निजी मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल बिक्रम कार्की, अफिनका उपाध्यक्ष प्राडा श्याम कृष्ण जोशी, अफिनका महासचिव हेमराज दाहाल ले बोलेका थिए ।

यसैगरी  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसन नेपाल (केमसान) का अध्यक्ष, भक्त हमाल, नेपाल औषधी उत्पादक संघका अध्यक्ष महेश प्रसाद प्रधान लागायतले शुभकामना दिदै स्वास्थ्य क्षेत्रको सुधारमा सबै सरोकारवालाहरु हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *