चिकित्सा शिक्षा आयोगद्धारा चिकित्साशास्त्र स्नातक तहका लागि विभिन्न कलेजलाई सिट निर्धारण (सूची सहित)

काठमाडौँ, २१ भदौ । चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि विभिन्न कलेज तथा प्रतिष्ठानहरुका लागि सिट निर्धारण गरेको छ।

आयोगले स्नातक तहका लागि विभिन्न विषयहरु गरेर ८ हजार ७० वटा सिट निर्धारण गरेको छ।

सार्वजनिक सूचना अनुसार यो वर्ष एमबीबीएसका लागि चार वटा नयाँ संस्थाले सम्बन्धन पाएका छन्। जसमा तीन वटा सरकारी प्रतिष्ठान र एउटा निजी कलेज रहेको छ। सरकारीमा मधेश, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ भने निजीमा बीएण्डसी मेडिकल कलेज रहेको छ।

आयोगले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार एमबीबीएसमा सबै कलेजहरुमा गरेर दुई हजार एक सय ४० वटा सिट निर्धारण भएको छ। यस्तै बीपीएचमा ६७०, बीएनएसमा ९८०, बीडीएसमा ५७५, बीएस्सी नर्सिङका लागि १९९० सिट निर्धारण भएको छ।

कुन कलेजलाई कुन विषयमा कति सिट?

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *