बीएण्डसी मेडिकल कलेजमा अब एमबीबीएस पढाई सुरु हुने, आयोगद्धारा ५० सिट निर्धारण

काठमाडौँ, २१ भदौ । चिकित्सा शिक्षा आयोगले झापाको बीएण्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ। आयोगले बीएण्डसीलाई पहिलो पटक एमबीबीएस अध्ययनका लागि ५० सिट निर्धारण गरेको हो ।

दुर्गा प्रसाईँको कलेज लामो समय पछि एमबीबीएस अध्यापनका लागि प्राप्त गरेको छ ।

यसअघि कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालत आदेश जारी गरेको थियो । सर्बोच्चको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो।

कलेजले अब काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्ने छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *