बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

काठमाडौँ, १९ भदौ । पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा परी  हुँदा ३ जना घाइते भएका छन् ।

बागलुङबाट पोखरा आउँदै गरेको ग १ झ ६९५ नम्बरको एम्बुलेन्स  पर्वतको अर्मादीमा पोखरादेखि बागलुङ जाँदै गरेको यात्रुवाहक बससँग ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतकाअनुसार घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था सामान्य र १ जनाको अवस्था गम्भीर रहेको  छ ।  बस, एम्बुलेन्स र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *