स्वास्थ्यले सार्वजनिक गर्‍यो अस्पतालमा ओपिडीसहितका सेवा दिनुपर्ने सार्वजनिक विदाका दिनहरु

काठमाडौँ, १८ भदौ । सार्वजनिक विदाका दिनमा ओपिडी लगायतका स्वास्थ्य सेवा नियमित रुपमा गर्नु पर्ने सरकारी निर्देशन यतिवेला चर्चामा आए पनि यो नयाँ भने होईन् ।

अघिल्लो सरकारका पालामा गरिएको निर्णयको कार्यान्वयन फितलो भएको जनगुनासो बढेपछि अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग चासो व्यक्त गरेको हो ।

चासो मात्रै होईन अघिल्लो सरकारले गरेको निर्णयको कार्यान्वयन गर्न गराउन समेत भनेको हो । सोही व्यहोराको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७ भदौमा स्वास्थ्य सचिवलाई सम्वोधन गरि पठाएको थियो ।

स्वास्थ्यले भने सञ्चारमाध्यम र प्रमुख सरोकारवाला (चिकित्सक तथा स्वास्थ्यकर्मी)ले विषयलाई बहसमा ल्याउन थालेपछि हिजो (सोमबार) मात्रै विज्ञप्ती जारी गर्दै अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयनमा ल्याउन मातहतका अस्पतालहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयको निर्देशन पछि नेपाल चिकित्सक संघले निर्णय प्रधानमन्त्री कार्यालयले ७ भदौमा स्वास्थ्यलाई पठाएको सार्वजनिक विदाका दिनमा अस्पतालहरुले ओपिडी लगायतका सेवा सञ्चालन गर्ने पत्र अव्यहारिक र अवैज्ञानिक भएको टिप्पणी गरेको छ ।त्यस लगत्तै स्वास्थ्य मन्त्रालयले अगाडी भएका निर्णय उल्लेख गर्दै सार्वजनिक विदाको दिनहरु समेत सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार सार्वजनिक विदा अन्तर्गत पर्व विदा १४ दिन, जात्रा विदा ४ दिन, सार्वजनिक दिवस ४ दिन र जन्मजयन्ती दिवस २ दिन गरी कुल २४ दिन रहेको उल्लेख गरेको । यी विदाका दिनमा स्वास्थ्य संस्था तथा अस्पतालहरुमा नियमित रुपमा ओपिडी सहितका सेवाहरु सञ्चालन गर्नु पर्ने दोहोरयाएको ।

त्यसो त  गत २९ माघमा प्रकाशित राजपत्रमा यसरी सार्वजनिक विदाका दिन काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सट्टा विदा दिनु पर्ने समेत स्पष्ट रुपमा राखिएको छ । तर मन्त्रालयले यस सम्वन्धमा जारी गरेका पछिल्ला दुईवटा पत्रमा सट्टा विदाको विषय कतै उल्लेख छैन ।

कतिपयले सार्वजनिक विदा भनेपछि शनिबार पनि ओपिडी लगायतका सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था आएको बताएका थिए । तर मन्त्रालयले शनिबार, दशैँ र तिहारका विदालाई सार्वजनिक विदामा राखेको छैन ।

यी हुन् सरकारले तोकेको सार्वजनिक विदाका २४ दिनहरु

क) पर्व विदा:

१. राम नवमी, २. चण्डी पूर्णिमा (बैशाख पूर्णिमा) उभौली पर्व, ३. रक्षा बन्धन, ४. श्रीकृष्ण जन्माष्टमी,  ५. घष्टस्थापना, ६. क्रिसमस डे, ७. धान्य पूर्णिमा उधौली पर्व योमरी पुन्ही (ज्यापू दिवस),  ८. तमु ल्होसार, ९. माघी पर्व माघे संक्रान्ति,  १०. सोनम ल्होसार, ११. महाशिवरात्री, १२. ग्याल्पो ल्होसार, १३. ईद १४. बकर ईद

ख) जात्रा विदा:
१. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, ४. घोडेजात्रा

ग) सार्वजनिक दिवस:

१. गणतन्त्र दिवस, २. शहीद दिवस, ३. राष्ट्रिय प्रजातन्त्र दिवस,  ४. अन्तराष्ट्रिय महिला दिवस

घ) जन्मजयन्ती विदा:
१. बुद्ध जयन्ती, २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *