बहुक्षेत्रीय पोषण योजना कार्यक्रमको तेस्रो चरण कार्यान्वयनमा आउँदै

ईयू र युनिसेफले दिने ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय

काठमाडौँ, १७ भदौ ।  सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन (ईयू) र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने करिब ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गरेको छ।

गत १३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले ईयूबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राप्त हुने २ मिलियन गरी २५ मिलियन युरो (करीब ३ अर्व ६७ करोड ४७ लाख) अनुदान सहायता रकम स्वीकार गर्ने निर्णय गरेको हो ।

गत १३ भदौको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *