अस्पतालको ओपिडी समेतका सेवा सार्वजनिक विदामा पनि सञ्चालन गर्नुपर्ने

सार्वजनिक विदामा सेवा रोकिएको जन गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले गर्‍यो स्वास्थ्य मन्त्रालयको ताकेता

काठमाडौँ, १६ भदौ । कतिपय सरकारी अस्पतालहरुले सार्वजनिक विदाको दिनमा बहिरंग सेवा (ओपिडी) रोक्ने गरेका छन् । तर नियमानुसार कुनै पनि अस्पतालले सार्वजनिक विदाको दिन ओपिडी लगायतका सेवा रोक्न मिल्दैन् ।

अस्पतालहरुले सार्वजनिक विदाको दिन सेवा रोकेको जनगुनासो बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पत्र पठाएर यसबारेमा ध्यानाकर्षण गराएको छ ।

गत ७ भदौमा पठाएको पत्रमा उसले २०८१ सालमा दिईने सार्वजनिक विदाका विषयमा २०८० पुस १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको र त्यससम्वन्धी जानकारी नेपाल राजपत्रको खण्ड ७३ संख्या ५४ भाग ५ को सूचनामा स्पष्टसंग लेखिएको उल्लेख गरेको छ ।

हुन पनि राजपत्रमा उल्लेखित सार्वजनिक विदा सम्वन्धी व्यवस्थालाई गृह मन्त्रालयले गत २९ माघमा सूचना प्रकाशित गरिसकेको थियो । सो सूचनाको प्रकरण १० (सार्वजनिक सेवा प्रवाहसम्वन्धी विशेष व्यवस्था) को उपप्रकरण १०.१ को खण्ड (न) मा सार्वजनिक विदाका दिनमा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्वन्धी सेवा (बहिरंग समेत) प्रवाह गर्नुपर्ने व्यवस्था भएको उल्लेख छ ।

राजपत्रमा स्वास्थ्यलाई आकस्मिक सेवा मानेर अरु दिन जस्तै गरी विदाको दिनमा पनि पूर्ण रुपमा ओपिडी समेतका सेवा सञ्चालन गर्नुपर्ने उल्लेख छ । तर अस्पतालहरुले सार्वजनिक विदाको दिनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सट्टा विदा दिनु पर्ने उलेख छ ।

प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई पठाएको पछिल्लो पत्र यस्तो छ

राजपत्रमा प्रकाशित सार्वजनिक विदाको सूची

अस्पतालले मात्रै होइन सरकारका अरु केही निकाय छन् जो सार्वजनिक विदाका दिन सेवा रोक्न पाउँदैनन् । ती निकायहरु यस प्रकार छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *