भारत : ल्याव टेक्निसियनले आफूमाथि २१ बर्षसम्म बलात्कार गरेको नर्सको आरोप

भारत । उत्तरप्रदेशस्थित भदोहीका एक जना नर्सले आफूमाथि २१ बर्षसम्म बलात्कार भएको आरोप लगाउँदै मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम)मा उजुरी दिएकी छन् । उजुरीमा उनले आफूमाथि बलात्कार गर्ने ५९ बर्षका ल्याव टेक्निसिएन चिन्तामणि शर्मा रहेको खुलासा गरेकी छन् ।

विहेको आश्वासन दिएर शर्माले आफूमाथि २१ वर्षसम्म बलात्कार गरेको ती ३६ वर्षीया नर्सको आरोप छ । शर्मा उत्तरप्रदेशको स्वास्थ्य सेवा विभागमा ल्याव टेक्निसियन पदमा कार्यरत व्यक्ति हुन् ।

उजुरी पछि प्रहरीले शर्मालाई नियन्त्रणमा लिएको छ । त्यसअघि सीजेएमले आरोपी शर्माविरुद्ध उजुरी दर्ता गरी थप छानवीन अगाडी बढाउन आदेश जारी गरेको थियो । आदेश पाए लगत्तै प्रहरीले आरोपी शर्मालाई बनारसबाट गिरफ्तार गरेको थियो ।

भदोही प्रहरी प्रमुख एमपी मिनाक्षी कात्यायनका अनुसार आरोपी व्यक्ति शर्मा र पिडीत भनिएकी नर्स एउटै अपार्टमेन्टमा बस्दथे । पढाईमा सहयोग गर्ने बहानामा नजिक बनाएर १५ बर्षकै उमेर आफूमाथि बलात्कार गरेको ती व्यक्तिले त्यसपछि धम्की र आश्वासन दिएर लगातार बलात्कार गर्दै आएको आरोप लगाएकी छन् ।

आरोपपछि प्रहरीले नर्सको मेडिकल जाँचका लागि अस्पताल पठाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *