रास्वपा सांसद झाको आरोप : ‘औषधि व्यवस्था विभागमा मासिक १५ करोड भ्रष्टाचार हुन्छ’

काठमाडौँ, ११ भदौ । प्रतिनिधि सभा सदस्य मनिष झाले औषधि व्यवस्था विभागमा मासिक १५ करोड रुपैयाँ भ्रष्टाचार हुने गरेको गम्भीर आरोप लगाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका सांसद झाले आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा सरकारी संस्थाहरुमा देखिएको बेथितिका कुरा गर्ने क्रममा विभागमा मासिक १५ करोड बढी भ्रष्टाचार हुने गरेको आरोप लगाएका हुन् ।

उनले यो कुरा आफूलाई व्यापारीहरुसंग बस्दा थाहा भएको समेत बताएका छन् । उनले राजनीतिज्ञलाई पैसा बुझाएर नियुक्ती खाएकोले भ्रष्टाचार गरे पनि नडराउने गरेको आरोप समेत लगाए ।

संसदमा बोल्ने क्रममा उनले भने,  ‘केही वेरअघि सम्म माननीय स्वास्थ्य मन्त्री यहि हुनुहुन्थ्यो,  अस्ती भर्खर केही व्यापारीसंग बस्दै थिएँ, औषधि व्यवस्था विभागमा मासिक मात्र १५ करोडको भ्रष्टाचार छ । त्यहाँ डराउँदैनन् उनीहरु । किनकी उनीहरुलाई थाहा छ त्यहाँ पुग्दै गर्दा राजनीतिज्ञलाई पैसा दिएर गएको छु हामीलाई कसैले छुदैन भनेर,  यसरी नै देश चलिरहेको छ ३४- ३५ बर्ष देखि ।’

झा. को यो गम्भीर अभिव्यक्तिपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले के प्रतिक्रिया देलान त्यो भने हेर्न बाँकी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *