स्वस्थ शिशु प्रतियोगिता : जन्मेदेखि एक वर्ष सम्मका १२ जना बालबालिका पुरस्कृत
काठमाडौँ, ११ भदौ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आयोजनामा भएको ६० औँ स्वस्थ शिशु प्रतियोगितामा जन्मेदेखि एक वर्ष उमेरसम्मका १२ जना शिशु पुरस्कृत भएका छन् ।
मंगलबार अस्पतालको ६५ औँ बार्षिकोत्सबको अवसरमा आयोजित विशेष समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आमा बाबुका साथ उपस्थित बालबालिकाहरुलाई पुरस्कार वितरण गरेका छन् ।
यसअघि अस्पतालले १९ असार देखि एक महिनासम्म प्रतिस्पर्धामा भाग लिनका लागि सूचना जारी गर्दै ३० साउनका दिन अस्पतालमा स्वस्थ शिशु प्रतिस्पर्धाको आयोजना गरेको थियो । अस्पतालले जन्मेदेखि ४५ दिन उमेर समूह, ४६ दिन देखि ६ महिनासम्मको उमेर समूह र ६ महिना देखि एक वर्ष सम्म उमेर समूह गरी तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराएको थियो ।
को को भए पुरस्कृत ?
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार जन्मेदेखि ४५ दिन उमेर समूहमा रामेछापका सञ्जिता गौतम र मनिराज अधिकारीका दुई दिन (उमेर)का बालक प्रथम भएका छन् ।
यस्तै सोही उमेर समूहमा नुवाकोटका सुशीला लामा र विकेश लामाकी सुपुत्री दोस्रो भएकी छन् । उनी प्रतिस्र्धाकै दिन जन्मिएकी बालिका हुन् ।
यस्तै तेस्रो हुनेमा बुटवलका सजिना पाण्डे र बीरेन्द्र महतको छोरी कृतिका महत रहेकी छिन् । उनी जन्मेको एक महिनामै पुरस्कृत भएकी हुन् ।
यस्तै सान्त्वना पुरस्कार दोलखाका शर्मिला श्रेष्ठ र उज्वल श्रेष्ठको छोरी रहेकी छन् । उनी जन्मेको ४० दिनमा पुरस्कृत भएकी हुन् ।
यस्तै ४६ दिन देखि ६ महिनासम्मको उमेर समूहको प्रतिस्र्धामा काठमाडौँ सितापाइलाका प्रमिला गोले र राजकुमार गोलेका छोरी रियान्सी गोले प्रथम भएकी छन् । उनले साढे ३ महिनाको उमेरमा पुरस्कार जितेकी हुन् ।
यस्तै नख्खुकी शशीकला राई मगर र अनिल मस्राङ्गी मगरकी छोरी आभा मगर दोस्रो भएकी छन् । उनको उमेर २ महिना २२ दिन रहेको छ ।
यस्तै तेस्रो हुनेमा काँडाघारी काठमाडाँैका बिमला कटवाल र हिराबहादुर घिमिरेका छोरा हितार्थ घिमिरे छन् । उनी ५ महिनामा पुरस्कृत भएका हुन् ।
यसैगरी अनामनगरका सुष्मा आचार्य र सुनील शर्मा आचार्यका छोरा अभिघ्न आचार्यले सान्त्वना पुरस्कार पाएका छन् । उनी साढे चार ३ महिना छ दिनमा पुरस्कृत भएका हुन् ।
यस्तै छ महिना देखि १ बर्ष उमेर समूहमा सानोठिमी भक्तपुरका सोनिका राना मगर र सुदर्शन कार्कीका छोरी श्रीनिधि कार्की पहिलो भएका छन् । उनी ११ महिना उमेरमा पुरस्कृत भएकी हुन् ।
सूर्यविनायक भक्तपुरका रमिला बराल र विपिन सिल्वालका छोरा आर्भिकराज सिलवाल दोस्रो भएका छन् । उनी ११ महिना २१ दिन उमेरमा पुरस्कृत भएका हुन् ।
कटुन्जे भक्तपुरका सन्ध्या ढकाल र सौगात थापाका छोरा सत्विककाजी थापा तेस्रो भएका छन् । उनको उमेर ११ महिना पाँच दिन रहेको छ ।
नागार्जुन काठमाडौँका रधिमा श्रेष्ठ उदास र सुन्दरकाजी उदासकी छोरी स्टेला उदासले सान्त्वना पुरस्कार जितेकी छन् । उनी जन्मेको १० महिनामा पुरस्कृत भएकी हुन् ।
सम्पर्क इमेल : [email protected]