बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग

काठमाडौँ, ११ भदौ । अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सांसदहरूले सरकार संग माग गररेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सो माग गरेका हुन् ।

बैठकको आकस्मिक समयमा बोल्दै सांसद सुशीला थिङले सिन्धुली जिल्लामा यही भदौ ७ गतेको अविरल वर्षाका कारण हायु बस्तीका पाँच घर भत्किएका र १५ परिवार विस्तापित भएकाप्रति ध्यानाकर्षण गराउँदै क्षतिपूर्ति र पुनःस्थापनाको माग गरिन् ।

“लोपोन्मुख हायु बस्तीमा पाँच घरधुरी भत्किएका छन्, १५ परिवारलाई अन्यत्र सारिएको छ” उनले भनिन्, “जोखिमका परेका लोपोन्मुख जाति हायुको बस्तीलाई सुरक्षित ठाउँमा सारेर एकीकृत बस्ती निर्माण तथा जीविकोपार्जका लागि सहयोग गर्न आग्रह गर्दछु ।” सांसद थिङले सडक दुर्घटना, चट्याङ्मा परेका व्यक्तिलाई पनि स्वास्थ्य उपचारका लागि सरकारसँग आग्रह गरिन् ।

सांसद जनार्दन शर्माले देशभर परेको वर्षाका कारण धेरै धनजनको क्षति भएको र सडक दुर्घटनामा परेर मानिसको ज्यान गइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । ।

त्यस्तै सांसद गणेश पराजुलीले देशैभरि भएका सवारीसाधन दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै जनतालाई सरकार भएको सहसुस दिलाउन आग्रह गरेका छन् ।

सांसद शिव नेपालीले सडक र हवाई दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *