बेलायतमा फोक्सोको क्यान्सर बिरुद्धको खोपको परीक्षण सुरु

एजेन्सी । बेलायतमा फोक्सोको क्यान्सरविरुद्धको खोप परीक्षण सुरु भएको छ । लण्डनका एक जना ६७ बर्षीय क्यान्सर बिरामी जानुस रासले गत शुक्रबार युनिभर्सिटी कलेज लण्डन हस्पिटलमा गएर खोप लिएका हुन् ।

उनमा केही महिना अघि मात्रै स्टेज ३ अवस्थामा क्यान्सर फैलिएको देखिएको थियो ।

जर्मन कम्पनी बायोन्टेकले निर्माण गरेको बीएनटी ११६ खोपले क्यान्सरबिरुद्धको खेल परिवर्तन गर्न सक्ने विज्ञहरु बताउँछन् । यो खोप कोभिड १९ जस्तै एमआरएनए प्रविधिमा आधारित छ ।

अहिले रासले खोप लिई रहँदा यो खोप मानवका लागि सुरक्षित छ कि छैन भनेर स्पष्ट हुने बताइएको छ । कम्पनीले विभिन्न ७ देशका ३४ वटा साइटमा १३० जना बिरामीलाई यो खोप परीक्षण गर्ने योजना गरेको छ ।

युकेमा ट्रायलको नेतृत्व गरेका प्राडा सिओ मिङ लिले फोक्सो क्यान्सरका लागि एमआरएनए क्यान्सरबिरुद्धको खोपले क्यान्सर उपचारका लागि नयाँ यगको सुरुवात गर्ने बताए ।

यो खोप सुरुवाती स्टेज देखि चौथो स्टेजसम्मका बिरामीलाई दिईने बायोन्टेकले जनाएको छ ।

रासले स्वास्थ्य अनुसन्धानका लागि सहयोग गर्ने उदेश्यले आफूले खोप लिएको बताए । ‘क्यान्सरका कोशिकाहरुबिरुद्ध रक्षा प्रदान गर्दछ । तर मैले यो पनि सोचेँ कि यो अनुसन्धानले भविस्यमा अन्य मानिसलाई बचाउन समेत मद्धत गर्न सक्छ । त्यसैले म यो ट्रायलका सहभागी भएको हुँ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *