सत्रौं पुस्तकालय दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ, ८ भदौ । सत्रौं पुस्तकालय दिवसको अवसरमा काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सत्रौं पुस्तकालय दिवसको अवसरमा शैक्षिक तथा रचनात्मक क्रियाकलाप उपसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेको प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए ।

‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ यस वर्ष सत्रौं पुस्तकालय दिवस, २०८१ भव्यताका साथ सम्पन्न गर्नका लागि साउन २१ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो ।

सत्रौं पुस्तकालय दिवसको अवसरमा देशभरका पुस्तकालयले भाद्र १ गतेदेखि नै विभिन्न कार्यक्रमको आयोजना गरि पुस्तकालय दिवस मनाइरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *